Tuesday, 25th August, 2026
वि.स.

भीमफेदी गाउँपालिकाद्वारा ३९ प्राबिधिक तर्फका विद्यार्थीहरुलाई छात्रवृत्ति

Bhimfedi-1594131633.png


भीमफेदी गाउँपालिकाले ३९ जना प्राबिधिक तर्फका बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको छ । भीमफेदीमा स्थायी बसोबास रहि प्राबिधिक शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको हो  ।

२३ असारमा एक कार्यक्रम आयोजना गरि जनही १० हजार र ९ हजार का दरले प्राबिधिक तर्फका बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको हो । सोही कार्यक्रममा दलित समुदायका २४ जना बिद्यार्थीहरुलाइ पनि ३ हजार र ९ हजारको दरले छात्रवृत्ति  वितरण गरिएको हाने । 

गाउँपालिकको आर्थिक वर्ष २०७६/०७७ को बिनियोजित बजेटबाट प्राबिधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति  वितरण गरेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवंरले बताए । 

छात्रवृत्ति लिनेमा २० जना १८ महिने सिभिल सब ओभर सियरका बिद्यार्थी, १ जना मेकानिकल बिद्यार्थि ३वर्षे ओभर सियर, ३ बर्षे २ जना जेटिए कृषि १८ महिने १५ जना जेटिए कृषि ३ बर्षे १ जना गरि ३९ जना रहेका छन् ।

कार्यक्रम पालिकाका सामाजिक विकास समितिका प्रमुख काशिराम बज्युको अध्यक्षता, पालिका अध्यक्ष हिदम लामाको प्रमुख अतिथ्यता, उपाध्यक्ष पार्बती रानाको बिशेष आतिथ्यता संचालन भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन कुंवर तथा वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif