Sunday, 16th August, 2026
वि.स.

संविधान दिवसमा भीमफेदी कारगारका ४३ कैदीबन्दीको कैद मिनाह हुने

bhimfedi-karagar-1631968177.jpg

मकवानपुरको भीमफेदी कारागारमा रहेका ४३ जना कैदीबन्दीको कैद मिनाह हुने भएको छ । संविधान दिवसको अवसरमा भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित सो कारागारमा रहेका ४३ जना कैदीबन्दीको कैद मिनाह हुने भएको छ ।

नेपाल सरकारले संविधान दिवस र प्रजातन्त्र दिवसका को अवसरमा हरेक वर्ष कैदीबन्दीको कैद मिनाह गर्ने गरेको छ । हरेक वर्ष झै यस वर्षपनि सरकार संविधान दिवसको अवसरमा कैदीबन्दीको कैद मिनाहा गर्न सिफारिस गरिएको जनाइएको छ । सरकारले ५० प्रतिशत कैद भुक्तानी गरेका, असल चालचलन भएको, थोरै कैद समय बाँकी भएकाहरुलाई बाँकी कैद मिनाहको लागि सिफारिस गरिदै आएको हो ।

भीमफेदी कारागारमा हाल १ हजार कैदीहरु रहेका छन् । तीमध्ये ४३ जना कैदीबन्दीको कैद मिनाहा गर्न सिफारिस भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०