Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदी–कुलेखानी सडक डेढ महिना बन्द

v-k-s-1619157456.jpg

हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि वन्द गरिएको छ । यस सडकमा पीच गर्नका लागि बन्द गरिएको हो । बैशाख १० गते देखि जेठ २५ गते सम्मका लागि छोटो दुरीको मार्ग वन्द गरिएको हो ।

भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पीच गर्ने काम गर्न लागिएको हो । सडकका धेरै स्थानमा यसअघिनै स्लाब ढलान समेत गरिएको छ । अब भने सडकमा पीच गर्न लागिएको बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

यसअघि दुइमहिना सम्म सडक बन्द गरेर मोड र अप्ठेरो स्थानमा स्लाब ढलान गरिएको थियो । अब भने पीच गर्ने काम मात्र बाकी रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर सहदेब बहादुर भण्डारीले बताए । अब पीच गर्ने काम सक्नेगरी काम थालिएको छ । यस सडकको ८० प्रतिशतको काम सकिएको छ ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँगरी ३४ करोड बजेट विनियोजन भएको थियो । भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०