Thursday, 27th August, 2026
वि.स.

भीमफेदीमा ६० प्रतिशत अनुदानमा किसानलाई कृषि उपकरण  

Agro-1617897972.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा एक दिवसीय मकै बालीमा लग्ने अमेरिकन फौजीकीरा र यसको ब्यबस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । २६ चैतमा भएको उक्त कार्यक्रमको अवसरमा कृषकहरुलाई कृषि सामग्री वितरण पनि गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आर्थिक विकास संयोजक तथा ६ नम्बर वडा अध्यक्षा सीताराम थापाको सभाध्यक्षता रहेको थियो । 

कार्यक्रमको प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष हिदम लामाले २० वटा ७ HPको र २ वटा ५ HP को मिनिटिलर ट्याक्टर  तथा १० थान च्याफकटर वितरण गरे । गाउँपालिकाले किसानहरुलाई ६० प्रतिशत अनुदानमा सामाग्री वितरण गरिएको हो । सहयोग सामाग्रीबाट किसानलाई कृषि कार्य गर्नका लागि सरल र सहज हुने विश्वास व्यक्त गरिएको छ । 

कार्यक्रममा भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  जीवन कुवंर, ५ नम्बर वडा अध्यक्ष जहारसिं लामा, योजना शाखा प्रमुख बद्री सापकोटा तथा कृषि प्राविधिकहरुको उपस्थित रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif