Monday, 17th August, 2026
वि.स.

भीमफेदीमा भय : कारागारका ३५५ कैदीलाई काेराेना

IMG_20210729_213959-1627574410.jpg

भीमफेदी गाउपालिकामा रहेकोे भीमफेदी कारागारमा रहेका ३ सय ५५ जना कैदीबन्दिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ साउनमा गरिएको एन्टिजेन परिक्षणबाट ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।कारागारमा रहेका ८ कर्माचारी सहित ९ सय ६९ जना कैदीहरुमा  गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा पोजेटिभ देखिएको  भिमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिए ।

कोरोना पुष्टि भएकाहरुलाई अहिले छुट्टै ब्लकमा राखिएको कारागार प्रशासनले जानकारी दिएको छ । कैदी स्थानान्तरणको क्रममा भिमफेदी कारागारबाट अन्त सारिएका ५ जनामा कोरोना देखिएपछि भिमफेदी कारागारका सम्पुर्ण कैदिबन्दीको कोरोना परीक्षण गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०