nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीमा अनावरण गर्न राखिएको सालिक नै चोरी

thumb-1639912221.jpg

मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको छ । भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक (प्रतिमा) अनावरण गर्ने कार्यक्रम रहेको थियो । तर, राति नै साालिक चोरी भएको हो ।

सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत साहित्यकारको टोली आइतबार बिहान भीमफेदी पुगेका थिए । सालिक राखिएको ठाउँबाट रड नै दोबारेर चोरिएको देखेर साहित्यकर्मीहरु निराश भएका छन् । प्रहरीले सालिक खोजी गरिरहेको बताएको छ ।

करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर पर ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको हो । लोककवि श्रेष्ठले दुई थुंगाको फुल, मेरो पुष्पाञ्जली लगायतका नेवारी भाषामा गीत लेखेका थिए । भीमफेदी निवासी श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र प्रज्ञा प्रतिष्ठान दिएको थियो ।

विस १९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठको २०४२ सालमा मृत्यु भएको थियो । अनावरण गर्न कार्यक्रमका पुगेका प्रमुख अतिथि परराष्ट्रविद् श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका साहित्यकार र स्थानीयवासीले कवि श्रेष्ठको सालिक चोर पत्ता लगाई कारबाहीको माग गर्दै भीमफेदीमा शान्तिपूर्ण जुलुससहित सभा गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)