Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीआईपीलाई धमाधम कोरोना

bamdev-1641951649.jpg

विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ ।

पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सरकारका मन्त्री, प्रधानमन्त्री कार्यालयका दुई सचिव र काठमाडौंका सीडीयो पनि संक्रमित

दाहालमा संक्रमण पुष्टि भएपछि सोही बैठकमा सँगै रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि आइसोलेसन बसे । प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

देउवा र दाहालसँगै एउटै बैठकमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी, शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेललाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र रामप्रसाद थपलियादेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि संक्रमण पुष्टि भइसकेको छ ।

– प्रधानमन्त्रीको सुरक्षाकर्मीलाई पनि संक्रमण

– नेताका भेटघाट बन्द

स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक जना सुरक्षाकर्मी (अंगरक्षक)लाई पनि संक्रमण पुष्टि भएको छ ।

यी सबै तहका भीआईपीहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुँदै गएपछि सरकारी संयन्त्र भीडभाड नियन्त्रण गर्नेतर्फ तातेको हो ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले संक्रमण बढेको भन्दै भीडभाड नियन्त्रणतर्फ अग्रसर हुने निर्णय गरेको थियो भने मंगलबार काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सबै प्रकारका सार्वजनिक तथा राजनीतिक कार्यक्रममा बन्देज लगाउँदै २५ जना बढी व्यक्ति भेला हुनसमेत नपाउने गरी आदेश जारी गरेका छन् । राजधानीबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०