Thursday, 20th August, 2026
वि.स.

भिमफेदी कारागारमा कैदीको मृत्यु

death-body-1643024485.jpg

मकवानपुरको भिमफेदी कारागारमा पुर्पक्षमा रहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने कैदी जिल्ला बारा माँहागढिमाई नगरपालिका–१० गञ्जभवानीपुर घर भएका ३८ वर्षीय अजय प्रसाद जैसवाल रहेका छन् । उनी भिमफेदी कारागारमा लागुऔषध गाँजा मुद्धाको पुर्पक्षमा कैद सजाय भोगिरहेका थिए ।

जैसवाल अचानक शौचालय जाने क्रममा लडी घाईते भई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार शवजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०