Sunday, 23rd August, 2026
वि.स.

भिमफेदीमा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर-३ मा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते भएका छन्।

गाउँपालिका वडा नम्बर-३ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा सोही स्थान बस्ने ४२ बर्षीय माइते लामा घाइते भएका छन्।बादर धपाउने क्रममा बन्दुक पड्किँदा बन्दुकको छर्रा लागेर लामा घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।

लामालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी निरीक्षक दासले बताए। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०