Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदीको बसिफाँट क्षेत्रमा बाघले ५ वटा बोका–बाख्रा मार्यो

मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ९ बसिफाँट क्षेत्रमा बाघ आइपुगेको बताइएको छ । 

बसिफाँट आसपासको जंगलमा बाघ आएको खबरपछि स्थानीयहरु डराएकाछन् । बाघले स्थानीय बिरबहादुर थिङले पालेका पाँचवटा बोका बाख्रा मारेको लेकाली बसीफाँट माविका प्रधानाध्यापक एल.एल. मण्डलले जानकारी दिए । २२ माघ बिहान बसिफाँटको विद्यालय गेट अगाडीबाट बाघ हिँडेपछि विद्यालयमा खैलाबैला भएको मण्डलले बताए । 

बाघ अहिले पनि बन क्षेत्रमा रहेको स्थानीयहरुको अनुमान छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०