Monday, 31st August, 2026
वि.स.

भारतको हस्तक्षेपको विरुद्ध थाहानगरमा विद्यार्थीको विरोध ¥याली

Birodh-01-1573370797.jpg

नेपालको लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा थाहानगरमा विरोध ¥याली भएको छ । थाहा नगरपालिकामा रहेको स्वतन्त्र विद्यार्थी यूनियन पालुङ वहुमुखी क्याम्पसको नेतृत्वमा क्याम्पसका विद्यार्थी र जनकल्याण माविका ११ र १२ कक्षाका विद्यार्थीहरुले २४ कार्तिक विहान विरोध ¥याली गरेका हुन् । 

पालुङ बहुमुखी क्याम्पसबाट शुरु भएको ¥याली जनकल्याण मावि, घट्टेचौर, गोपालीगाउँ, शिखरकोट हुदै थानाबजारस्थित बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दै पालुङ क्याम्पस स्ववियु सभापति मुकेश गोलेले भारतलेृ सार्वजनिक गरेको गल्ति तत्काल चेतावनी दिए । 

¥यालीमा पालुङ वहुमुखी क्याम्पसका प्राध्यापकहरु, जनकल्याण माविका शिक्षकहरु, पालुङ जेसीज, थाहा कला केन्द्र र नेपाल गोजुरियो कराते संघका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०