Monday, 24th August, 2026
वि.स.

भाडा बढाउन नपाएपछि धादिङमा सार्वजनिक यातायात नै बन्द

buss_dhading-1024x632-1626769462.jpg

धादिङका यातायात व्यवसायीहरूले ५ साउनमा यातायात बन्द गरेका छन् । संघीय सरकारले बढाएको भाडादर अनुसार बढी भाडा उठाउन नपाएको भन्दै व्यवसायीहरुले यात्रुबाहक सवारी बन्द गराएका हुन् ।

संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको मात्रै भाडा समायोजन गरे पनि एउटै प्रदेशभित्र चल्ने र स्थानीय तहमा चल्ने सवारीको भाडा समायोजन गरेको छैन । तर, धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाडौबाट छुट्ने सबै रुटको भाडा आफुखुसी २८ प्रतिशतले बढाएका थिए । त्यहि भाडा कार्यान्वयन गर्दा प्रशासनले जरिवाना गराएको भन्दै सार्वजनिक यातायात बन्द गराएका हुन् ।

यसअघि १ सय ८७ रुपैँयामा धादिङ काठमाडौ गरिरहेका यात्रुले अहिले बढाएको भाडा अनुसार लोकल बसमा २ सय ३७ र ननस्टप तथा डिलक्स बसमा २ सय ९० तिर्नुपर्छ ।

साविक भन्दा बढी भाडा उठाएपछि यात्रुहरुले नै प्रहरीमा गुनासो गरेपछि नागढुंगा प्रहरीले ९नयाँ भाडादर अनुसार० बढी भाडा उठाउने बस तथा माइक्रोबसलाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

यातायात व्यवसायीले भने २०७१ सालदेखिको एउटै भाडामा यात्रु बोक्न नसकिएकोले बाध्य भएर भाडा समायोजन गरेका बताएका छन् । वैज्ञानिक ढंगबाट भाडा समायोजन नभएसम्म गाडी नचलाउने व्यवसायीहरुले धम्की दिएका छन् ।

ग्रामीण यातायात सहकारी संस्था लि।का महासचिव बद्री सुवेदी भन्छन्,‘२०७१ सालमा पनि त्यहि भाडामा यात्रु बोकियो, त्यतिबेला भन्दा अहिले तेलको मुल्य ४२ रुपैँयाले बढी छ, गाडीको कर, चालक सहचालकको तलब भत्ता पनि उत्तिकै बढेको छ, त्यसैले भाडा समायोजन नभएसम्म गाडी चलाउन सकिदैन ।’

यातायात व्यवसायी र बसका चालक सहचालकहरुले लोकल चल्ने साना गाडीहरुलाई समेत ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन् । पाविलन्यूजमा शंकर श्रेष्ठले खबर लेखेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०