Friday, 28th August, 2026
वि.स.

भागरथी हत्या प्रकरणः दोषीलाई कानूनी दायरामा ल्याउन आयोगको आग्रह

aayog-1613376577.jpg

 राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्या सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् । आयोगमा आज आयोजना गरिएको छलफल कार्यक्रममा कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग गरिएको अन्तरक्रियामा उनले सो आग्रह गरेका हुन् । केस गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न समेत उनले आग्रह गरे ।

भट्टको हत्यासम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको छ । अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन नहुँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराउँदै आएको छ ।रासस
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif