Wednesday, 26th August, 2026
वि.स.

भाउजुको हत्याको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ

pakarau-1618737275.jpg

भाउजुको हत्या गरेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

देवर मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको र उनको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

भाउजुको हत्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको प्रहरीले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif