Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित चार जना पक्राउ

pakarau-1621146437.jpg

खोटाङमा भरुवा बन्दुक र वन्यजन्तुको अंगसहित चार जना पक्राउ परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका डम्बरबहादुर कार्की, द्रोण कार्की, रबिन्द्र कार्की र कृष्ण विश्वकर्मालाई प्रहरीले वन्यजन्तुको अंग, भरुवा बन्दुक र भरुवा बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चार जनालाई शनिबार राति १० बजे पक्राउ गरेको हो ।

डम्बरबहादुरको साथबाट एक थान भरुवा बन्दुक, एउटा मृगको टाउकोको अगाडिपट्टिको भाग, सालकको ४८० ग्राम खपटा, गन्धक, सलाइ, बारुद, सोरा र छर्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए।

यस्तै, द्रोणको साथबाट भरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोरा र छर्रा, रबिन्द्रको घरबाट भरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोरा र छर्रा तथा कृष्णको घरबाट भरुवा बन्दुकको ५ थान नाल, बनाउन लागेको बन्दुकको एक थान बट र बन्दुक बनाउन प्रयोग हुने औजारहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जना बिरुद्ध हातहतियार तथा खरखजना सम्वन्धी कसुरको मुद्धा दर्ता गरेर म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक गजमेरले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०