Thursday, 27th August, 2026
वि.स.

ब्राउन सुगरसहित एकजना पक्राउ

a-1616665338.jpg

भारतबाट लागूऔषध ब्राउन सुगर लिएर वीरगन्ज आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका ३८ वर्षीय शीवलाल महत्तो धानुक रहेका छन् । 

धानुकलाई २५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक  ओम प्रकाश खनालले जानकारी दिए । वीरगन्ज भन्सार नाकाको शंकरआचार्य प्रवेशद्धारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बीरगन्ज तर्फ साइकलमा आइरहेका धानुकमाथि शंका लागि शरीर खानतलासी गर्दा उनले लगाएको कालो हाफ ज्याकेटको खल्तीबाट २५ ग्राम ब्राउन भेटिएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

धानुकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif