Wednesday, 26th August, 2026
वि.स.

बोराभित्र भेटियो वयस्क व्यक्तिको खुट्टा, घटना दुई हप्ता अगाडिको हुन सक्ने अनुमान

Bouddha-1-1623135895.jpg

 बौद्धको टाउन प्लानिङमा भेटिएको बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ ।

सुरुमा शव फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो ।

घटनास्थलमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए । फरेन्सिक डाक्टरले कुनै व्यक्तिको शरीरबाट दुई-तीन हप्ता अगाडि नै खुट्टा अलग गरिएको हुनसक्ने बताएको एसएसपी सिंहले बताए ।

घटना अन्तै गराएर खुट्टा बौद्धमा व्यवस्थापन गरिएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले कोही मानिस हराएको सूचनाको अध्ययन गरी घटनाको अनुसन्धान प्रक्रिया थालेको एसएसपी सिंहले बताए । खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

मानिसको खुट्टा भेटिएको स्थान नजिकै घर भएका सुन्दर खनालले २५ जेठ बिहान पूजा गर्ने दूबो टिप्न बाहिर निस्किएका व्यक्तिले सिमेन्टको बोराभित्र खुट्टा देखेपछि आफूलाई खबर गरेको र आफूले शव भेटिएको भनेर प्रहरीमा गरेको बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Bouddha-1-1623135899.jpg






Thaha-002-1774415222.gif