Tuesday, 25th August, 2026
वि.स.

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ

kutpit-1596964006.jpg

पाल्पामा बोक्सीको आरोपमा दुई जनामाथी कुटपिट भएको छ।

रामपुर नगरपालिका ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुकका लागि पुगेका उनीहरुलाई दुई जना धामीले कुटपिट गरेका हुन्।

१७ वर्षीय युवती बेलाबेला बेहोस् हुने समस्या देखिएपछि उनलाई पौवामा झारफुकका लागि लगिएको थियो। आमा र काकासँग गएकी उनको शरीरमा बोक्सी लागेको र बोक्सी हटाउने भन्दै किशोरीलाई दुई जना धामीले कुटपीट गरेका थिए।

किशोरी घाइते भएपछि धामीले उनका काकालाई पनि बोक्सी लगाइदिएको भन्दै कुटपीट गरेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए।शुक्रबार राति कुटपीटबाट घाइते भएका उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए।

ईलाका प्रहरी कार्यालय रामपुरले कुटपिट गर्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१ घर भई नवलपरासी देउचुली नगरपालिका–४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाललाई पक्राउ गरेको छ।

उनीहरुलाई अपमानजनक व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। उक्त मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif