nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बैशाख २५ देखि ३१ गतेसम्म विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो ।

साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ । तर, यो विदा देशभरि नभएर पहिलो चरणको निर्वाचन हुने तीनवटा प्रदेशमा मात्रै लागू हुनेगरी गर्न आयोगले भनेको छ ।