Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बेल्ड टेष्ट कार्यक्रम सम्पन्न

Test-1619270759.jpg

नेपाल शिनक्योकुसिन कराते संघ बारा डोजोले सिमरामा एक कार्यक्रमका बीच बेल्ड टेष्ट सम्पन्न गरेको छ । सिमरा फन पार्कमा ११ वैशाखमा संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का प्रमुख प्रशिक्षक राजकुमार महतोले खेलाडीहरुलाई बिशेष प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक महतोले खेलाडीहरुले प्राप्त बेल्डको सहि प्रयोग र यस क्षेत्रमा खेल प्रतिको रुची जगाउन आवश्यक रहेको बताए । लायन्स क्लब अफ सिमराका अध्यक्ष हंकलपीत न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा करातेका ३० जना खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले देश विकासका खेलकुद क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै सरकार र निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । ‘खेलकुदले स्वास्थ्य क्षेत्रसँगै देशको गरिमामा समेत प्रभाव पार्छ,’ उनले भने, ‘त्यसैले कराते लगायतका खेलकुदमा युवाहरुले पनि सहभागिता बढाउँनु पर्दछ ।’

नेपाल शिनक्योकुसिन कराते संघ बाराका अध्यक्ष राजेश महतोको अध्यक्षतामा भएको कार्यक्रममा संघ बाराका उपाध्यक्ष दुर्भ क्षेत्री, नेपाल केन्पो खुकुरी मार्सल आर्ट बाराका सचिव हेमन्त शाह ठकुरी, सदस्यहरु रोबन शाह ठकुरी, रमेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०