Saturday, 15th August, 2026
वि.स.

बेरुजु फछ्र्यौटमा उत्कृष्ट थाहामा सुशासन केन्द्रको गोष्ठी

adhyaya-program-1631787341.jpg

बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएर ख्याती कमाएको थाहा नगरपालिकामा बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रले दुई दिने  सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट तथा लेखा परीक्षण सम्वन्धी गोष्ठी सम्पन्न गरेको छ । 

काठमाडौ, धादिङ, चितवन र मकवानपुरका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई बोलाएर सुशासन केन्द्रले थाहामा गोष्ठी गरेको हो । थाहा–६ स्थित ओम अध्याय रिसोर्टमा भएको गोठीमा ४ जिल्लाका ४० स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट तथा लेखा परीक्षण, बिकासका आयाममा हालसम्मको प्रयास र भावी दृष्टिकोण तथा राजनीति र प्रशासनबीचको स्थानीय तहमा देखिएका सिमाङ्कन र सोको व्यवस्थापन जस्ता मुख्य विषयमा छलफल भएको थियो । 

कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको थियो ।  


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif