Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बेरुजु फछ्र्यौटः थाहा नगरपालिकाको उत्कृष्टता कायमै

Thahaaaaaaaa-1629537512.jpg

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा थाहा नगरपालिकाको बेरुजु ०.४८ प्रशित रहेको छ । यो बेरुजु प्रतिशत मकवानपुरको दशै पालिका मध्ये कम बेरुजु हो । यससंगै थाहा नगरपालिका मकवानपुरमा उत्कृष्ट भएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७ मा थाहाको १ अरब  ८० करोड २९ लाख २३ हजार बजेटको लेखापरीक्षण भएको थियो ।

त्यसैगरी बेरुजु कम हुने पालिकाहरु मध्ये मकवानपुरको दोस्रो स्थानमा भिमफेदी गाउँपालिका भएको छ । भिमफेदीको कुल ९३ करोड ६६ लाख ३२ हजार रुपियाँ बजेटको लेखा परीक्षण हुँदा १.१२ प्रतिशत मात्र बेरुजु भएको छ । त्यस्तै मकवानपुरगढी गाउँपालिका तेस्रो भएको छ । गढीको कुल १ अरब १७ करोड ९४ लाख १० हजार रुपियाँको लेखा परीक्षण हुँदा २.०५ प्रतिशत बेरुजु देखिएको छ । 

हेर्नुहोस् मकवानपुरका पालिकाहरुको बेरुजु विवरणः


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०