Wednesday, 26th August, 2026
वि.स.

बिहेको नाचगान गरिरहेका स्थानीय र प्रहरीबीच झडप

रौतहटको गरुडामा बिहेको नाचगान गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ। निषेधाज्ञा कार्यान्वयनका लागि गएको प्रहरी टोली र बिहेमा रमाइरहेका स्थानीयबीच झडप भएको हो।

गरुडा नगरपालिका-२ मा ठूलो संख्यामा स्थानीय भेला भएर नाचगान गरिरहेको पाइएपछि  २३ जेठ राति प्रहरी गएको थियो।प्रहरीमाथि स्थानीयले ढुंगामुडा गर्दा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरे घाइते भएका छन्।

टाउकोमा चोट लागेका उनको अनामिटार अस्पतालमा उपचार भइरहेको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए। ‘निषेधाज्ञा उल्लंघन गरी झन्डै १ हजार जनाको संख्यामा स्थानीय भेला भएपछि प्रहरी नाचगान बन्द गर्न गएको थियो,’ शाहले भने।

घिमिरेको टाउकोमा चोट लागेको छ। ढुंगामुडाबाट अन्य ६ जना प्रहरी सामान्य घाइते छन्। घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif