Monday, 24th August, 2026
वि.स.

बिहेका लागि कर गरेपछि प्रेमिकाको हत्या

hm-1623921479.jpg

बिहेका लागि कर गर्न थालेपछि मोरङमा एक युवाले प्रेमिकाको बीभत्स हत्या गरेको खुलेको छ । रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरेनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार कुटपिट गरेर र घाँटी थिचेर हत्या गरेपछि सरीताको शव भने मकैबारीमा फ्यालिदिएको अवस्थामा फेला परेको थियो । 

डेढ महिनाअघिको घटनाका अभियुक्त लामो समयपछि बुधबारसाँझ मात्रै पक्राउ परेका छन् । बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो । स्थानीय रामप्रसाद भण्डारीले अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा महिलाको बीभत्स शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

एक सन्तानकी आमा सरीता कानेपोखरी–२ मा रहेको गाई फार्ममा काम गर्थिन् । प्रहरीका अनुसार बिहेमा जान भनेर उनी गाई फार्म र आफ्नो घरदेखि वैशाख १७ गते नै बिदा लिएर हिँडेकी थिइन् । त्यसपछि रतुवामाई पुगेर सरीताले सुफललाई भेटेपछि घटना भएको देखिने प्रहरीले जनाएको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif