Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बिहान खाली पेटमा खानै नहुने कुराहरु

IMG_20210719_013959-1626638143.jpg

स्वस्थ रहन चाहिने पोषकतत्व खाँदा समयलाई ध्यान दिएर खाएन भने यसले शरीरमा फाइदाको सट्टामा हानी पु–याउने खतरा बढी हुन्छ । बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ।

विहान खाली पेटमा खान नहुने कुराहरु

ग्रीन टी वा चिया

धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा चिया पिउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ 

गोलभेँडा

गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँदा राम्रो ।

दुध

दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ । विहान खाली पेटमा दुध पिउँदा खोकीको समस्या हुनसक्छ । साथै बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु हुँदैन । बिहानै दही पनि खानु राम्रो होइन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ र यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

केरा

तौल बढाउनको लागि प्रायः मानिस केरा खाने गर्छन् । बिहान उठेर केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिग्रने खतरा हुन्छ । बिहान केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ । एजेन्सी



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०