Wednesday, 26th August, 2026
वि.स.

बाल सचेतना समूह गठन

BAlaaaaaaaaa-1574834587.jpg

बालबालिकाको नैसर्गिक अधिकार सहज प्रत्याभूत गराउनकोलागी बहस पैरवी तथा निगरानी गर्ने उदेश्यले मकवानपुरको मनहरी गाउपालिका मसिनेमा बाल सचेतना समूह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश ३ कार्यालय हेटौंडा मकवानपुरको आयोजना भएको विद्यार्थी भेलाले समूह गठन गरेको हो । स्थानीय जनतालाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत इन्सेकले मनहरीमा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारको क्षेत्रमा पैरवी गर्नेगरी तीनबर्षे कार्यक्रम सञ्चालन गर्न लागेकोले समन्वयकारी भूमिकामा रहनेगरी समूह गठन गरिएको इन्सेक प्रदेश कार्यालयले जनाएको छ । परियोजना संयोजक गणेश भण्डारीका अनुसार गठित बाल सचेतना समूहले विद्यार्थीको हितका खातिर बिद्यालयमा नियमित निगरानी गर्नेछ ।

परियोजना संयोजक भण्डारीको उपस्थितिमा मनहरी गाउपालिका वडा ४ का वडा अध्यक्ष ध्रुब खड्काको अध्यक्षतामा भएको भेलाले दिब्या थिङ्गको अध्यक्षतामा ११ सदस्यीय बाल अधिकार सचेतना समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा समीर बिष्ट, सचिब दिपेश ढकाल, कोषाध्यक्ष पार्वती तितुङ रहेका छन् । यसैगरी सदस्यहरुमा सपना खत्री, सीता बर्तौला, सुष्मिता ढकाल, अर्पण सुनार, लक्ष्मि न्यौपाने, रितेश बिष्ट र सागर ढुंगाना रहेको बिद्यालयका प्राध्यापक भानुभक्त आचार्यले बताए ।

समूहको पहिलो बैठकले बिद्यालय नियमित रुपमा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्न ब्यवस्थापन समिति तथा प्र.अ को ध्यानाकर्षण गराएको सचेतना समूह अध्यक्ष दिब्या थिङले बताईन् । भेलामा मनहरी गाउपालिका वडा ४ का वडा अध्यक्ष ध्रुब खड्का, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधब गौतम,प्र.अ आचार्य,इन्सेक इएलपी परियोजना संयोजक भण्डारी, स्थानीय अगुवा फूलमान थिङ्लगायतको उपस्थित थियो । भेला तथा समूह गठनकोलागि इन्सेक स्थानीय सहजकर्ता सरीता दाहालले सहजीकरण गरेकी थिइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif