Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बालबिवाह गर्दा बेहुलासहित तीन पक्राउ

Bal-Bibaha-mudda-1626285983.jpg

पर्साबाट प्रहरीले बाल विवाह गराएको कसुरमा बेहुलासहित ३ जनालाई पक्राउ गरेको छ ।

पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका– ५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी पक्राउ परेका हुन् । विशाल बेहुला हुन् ।

स्थानीय १८ वर्षीया किशोरी र विशालको बिहे १७ असारमा धोरेस्थित भुटनदेवी मन्दिरबाट भएको थियो ।

बाल विवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेकोले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

मुलुकी अपराध संहिताको दफा १७३ मा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । त्यसरी भएको विवाह स्वतः बदर हुनेछ । भने कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले किशोरी आफैं प्रहरीको सम्पर्कमा आएको जानकारी दिए ।

‘बालिकाले बस्न नचाहेपछि प्रहरीको सम्पर्कमा आएकी थिइन्, दुवै पक्षको अभिभावकलाई बोलाएर जन्मदर्ता हेर्दा बालिकाको उमेर १८ वर्ष मात्रै पुगेको रहेछ’ उनले भने ‘त्यसैले अभिभावक र दुलाहालाई पक्राउ गरी बालविवाह सम्बन्धी कसुरमा मुद्धा चलाएका छौं ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०