Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बालबालिकालाई घरमै सिकाउन इन्द्रसरोवरमा पुस्तक वितरण

102673562_862179757609706-1591803791.jpg

इन्द्रसरोवर गाउँपालिकाले “अभिभावकको सहयोगमा बालबालिकाहरुलाई घरमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु” नामको पुस्तक वितरण गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको कारण विद्यालय बन्द भएपछि प्रभावित बालबालिकाहरुलाई घरमै अभिभावकको सहयोगमा सिकाउन सकिने खालका क्रियाकलापहरुको बारेमा पुस्तक वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय निरिक्षक धर्मानन्द पन्तले जानकारी दिए ।

गाउँपालिकाले विद्यालयको कक्षा १, २, ३ र पूर्व प्राथमिक तहका विद्यार्थीहरुका लागि यो समयमा घरमा नै बसेर सिक्न र सिकाउने उदेश्यले पाठ्यसामाग्री वितरण गरेको हो ।

Image may contain: 3 people, people standing and indoor

गाउँपालिकाले बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाको वडा नं २ कुलेखानी र वडा नं ३ सिस्नेरीका ११ वटा विद्यालयलाई पुस्तक वितरण गरेको छ । बाँकी रहेका ३ वटा वडाका विद्यालयलाई बिहिबार वितरण गरिने जनाएको छ । विद्यालयलाई वितरण गरिएको पुस्तक विद्यालयले अभिभावकहरुलाई वितरण गर्ने र अभिभावक मार्फत बालबालिकालाई सिकाउने विषय सँग समन्वय गर्नेछन् ।

Image may contain: 5 people, people standing

Image may contain: 2 people



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।