Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाराही पूजामा चहलपहल रोक्न हेटौंडाबाट ३० जना प्रहरी आउँदै

थाहा नगरपालिकाको प्रशिद्ध  ३ वर्षे बाराही जात्रा पूजा मात्र गरेर सम्पन्न गर्ने निर्णय गरेपछि कार्यान्वयनका लागि हेटौंडाबाट थप प्रहरी आउने भएका छन् ।

गत वर्ष पनि कोरोना र निषेधाज्ञाका कारण स्थगन गरिएको जात्रा यस वर्ष झन सङ्क्रमण दर निकै बढेपछि नगरपालिका र प्रशासनले पूजा मात्र गरेर सम्पन्न गर्न आग्रह गरेको थियो । तिथि अनुसार जात्रा १५ जेठदेखि १७ जेठसम्म हुनु पर्ने थियो तर, गुठी समितिसँगको बैठकले जेठ १५ गते सरकारी पूजा मात्र गरेर सम्पन्न गर्ने निर्णय भएको थियो । निर्णयअनुसार जात्रामा सहभागी हुने १५ जनाको एन्टिजेन परिक्षण पनि शुक्रबार हुँदैछ । १५ जनाको परिक्षणबाट नेगेटिभ आउनेहरु मात्र जात्रामा सहभागी हुन सक्नेछन् । 

जात्राको बहानामा स्थानीय बजारमा चहलपहल हुन सक्ने र मन्दिरमा पास नभएकाहरुसमेत जान सक्ने सम्भावनालाई रोक्न शुक्रबार नै हेटौंडाबाट १५ जना सशस्त्र  र १५ जना जनपथ प्रहरी बज्रबाराही आउन लागेको थाहानगर कोरोना रोकथाम तथा नियन्त्रण निर्देशक समितिका सदस्य सुरेन्द्रमान प्रधानले जानकारी दिए । 

नगरका हरेक वडाहरुमा दैनिक दर्जनौँमा कोरोना सङ्क्रमण देखिएपछि थाहा नगरपालिकामा निषेधाज्ञा अवधि चलिरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०