Thursday, 27th August, 2026
वि.स.

बादर धपाउन २८० उपकरण वितरण

gadi-1615794410.jpg

मकवानपुर गढी गाउँपालिकाको समथर भन्दा बाहेकका डाँडाहरुमा बादरले किसानलाई दुख दिन थालेपछी यसलाई धपाउने उपकरण वितरणको तयारी थालिएको छ । यस क्षेत्रका किसानलाई बादरले वषैं देखि दुख दिन थालेपछी ठुलो आवाज निकालेर बादर धपाउने उपकरण बितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए।

गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेटबाट उपकरण खरिद गरेर किसानलाई वितरण गरिने अध्यक्ष हुमागाईले बताए। किसानले खेतबारीमा लगाएको अन्नबाली र तरकारीबाली नष्ट गर्न थालेपछी बादर धपाउने उपकरण खरिद गरेर वितरण गर्नका लागि गाउँपालिकाले सूचना प्रकासीत समेत गरेको छ । बादर धपाउने उपकरण पनि गढी गाउँपालिका वडा नम्बर ५ का किसानले उत्पादन गरेका छन् । मकवानपुरगढीका किसानहरुलाई गाउँपालिकाले बाँदर थपाउने उपकरण निशुल्क वितरण गर्ने भएको छ ।

‌गाउँपालिकाले चैत १ गते आइतबार एक सूचना जारी गर्दै निवेदन पेश गर्न भनेको हो । जस अनुसार बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समुह, कृषि फर्महरुले उपकरणको माग गर्न सक्नेछन् । माग गर्दा निवेदकले निवेदनको साथमा संस्था र समुहको हकमा उपकरण माग गरिएको बैठकको प्रतिलिपी, संस्था दर्ता, स्थायी लेखा नंम्बर तथा करचुक्ताको प्रतिलिपी, सम्बन्धित वडाको सिफारिस पत्रका साथ १५ दिन भित्रमा कागजपत्र पेशगर्नु पर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif