Monday, 24th August, 2026
वि.स.

बाढी पहिरोले घरबारविहीन भएका परिवारलाई ५० हजार रुपियाँको दरले सहयोग गरिने  

house-damaged-1625390387.jpg

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण घरबारविहीन भएका परिवारलाई राहतस्वरुप पहिलो किस्ताका लागि ५० हजार रुपियाँको दरले सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको जानकारी गराएका छन् । राष्ट्रियसभाको २० असारमा बसेको बैठकमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले सो जानकारी गराएका हुन् ।

मनसुनजन्य विपदका घटनाबाट सयौं घरपरिवार विस्थापित भएको र अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको पौडेलले जानकारी गराएका छन् । त्यस्तै, ५०५ निजी घर पूर्णरुपमा क्षति र ११२ घरमा आंशीक क्षति भएको उनले जानकारी दिए ।

त्यसैगरी ९ वटा विद्यालयको भवनमा क्षति पुगेको पनि उनले बताए । १५ वटा मोटरेबल पुलमा क्षति भएको जानकारी दिँदै गृहमन्त्रीसमेत रहेका पौडेलले तत्काल कार्ययोजना बनाई क्षति भएका पूर्वाधारको पुनःनिर्माणको काम शुरु भइसकेको बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०