Sunday, 23rd August, 2026
वि.स.

बाढीले बिच्छेद दामन-डाँडाबास सडक खुलाइयाे

IMG_20210710_113317-1625896120.jpg

गत असारकाे तेस्रो साता थाहा-३ घर्तिखाेलामा आएकाे बाढीले बिच्छेद दामन-डाँडाबास सडक खुलाइएकाे छ । साे सडकअन्तर्गत भुङ्दलनजिक बाढीले क्षति पुर्‍याएकाे सडक मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएकाे हाे ।

त्यसैगरी अविरल वर्षाका कारण क्षति पुगेका वडा नम्बर ३ का धेरैजसाे ग्रामीण सडकहरु मर्मत गरी सञ्चालनमा ल्याइएकाे वडा अध्यक्ष राजेश केसीले बताए । भुङ्दल-बाहुनगाउँ-दम्की वडास्तरीय सडक, महाभिर चाैतारा सडक, लामाचाैर सडक लगायत ग्रामीण सडकहरु सञ्चालनमा आएका छन् । 

वडा नम्बर ३ काे साबिने सडक र खैटेखाेला सडकमा  भने मेशिन लैजान समस्या भएकाेले मर्मत हुन बाँकी रहेकाे वडा अध्यक्ष केसीले जानकारी दिए । उक्त सडकहरु अवरुद्ध हुँदा साविने र हात्तीपाइले क्षेत्रका बासिन्दालाई समस्या हुँदै आएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०