Tuesday, 25th August, 2026
वि.स.

बागलुङबाट बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

missing-1624935695.jpg

बागलुङका दुई पुरुष बेपत्ता भएपछि खोजीमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी र बागलुङ नगरपालिका(१ रामरेखाका सोमबहादुर सुनारको खोजीमा प्रहरीले कुकुर परिचालन गरेको हो । बुढाथोकी गत बिहीबारदेखि र सुनार १७ दिनदेखि बेपत्ता छन् ।


प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिम प्राप्त कुकुरसहित प्रहरी खोजी काममा जुटेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

७० वर्षीय बुढाथोकी घाँस काट्न जाँदा बेपत्ता भएका थिए । घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न भनेर गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर खोजीमा लागेका थिए । बुढाथोकी घाँस काट्न भनेर गएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

यस्तै मर्निङवाकमा निस्किएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता छन् । परिवारजनका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजी जारी राखेको छ । म्याग्दीको बेनी नगरपालिका(१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif