Tuesday, 25th August, 2026
वि.स.

बागमती सरकारले आज आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

IMG_20210610_073745-1623290045.jpg

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आगामी वर्षका लागि वनाइएका योजना सहितको नीति तथा कार्यक्रम २७ जेठमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रस्तुत गर्नेछन् ।


नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कोरोनाको महामारीमा गरिने धेरै कामहरु समेतटिएको मन्त्री ढुंगेलले वताए ।  दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो ।

सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदहरुले अनुमान गरेका छन् । आगामी आर्थिक वर्ष २०७८७९ को बजेट भने असार १ गते प्रस्तुत हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif