Thursday, 27th August, 2026
वि.स.

बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागी स्थगित

bagmati-1617872757.jpg

बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागी स्थगित भएको छ ।

बिहिबार दिउसो ११ बसेको प्रदेश सभाको बैठकमा विशेष समयमा ४ जना प्रदेश सभा सदस्यहरुले बोलेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभको बैठक अर्को सुचना जारी नभए सम्मका लागी स्थगित गरेका हुन् ।

बैठकको विषेश समयमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य इन्द्रबहादुर बाँनियाले सरकारले पुर्वाधार, आर्थिक प्राविधिक पारदर्शिताको विश्लेषणनै नगरी एकलौटी ढ्गले विद्युतिय बस खरिद गर्न लागेको भन्दै सरकारले जनतालाई सदन मार्फत त्यसको विश्वश्नियताको पुष्टि गनुपर्ने बताए ।

यस्तै बिवेकशिल साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेल ,नेपाल मजदुर किसान पार्टीका सुरेन्द«राज गोसाई र राप्रपाकी प्रदेश सभा सदस्य रिता माझिले कारोना भाईरसको दास्रो लहर सुरु भएपछि छिमेकी देश भारतमा संक्रमितको संख्या बढेको अवस्थामा नेपालमा समेत जोखिम बढीरहदा प्रदेश सरकारले स्वास्थ सर्तकतामा कुनै चासो नदिएको आरोप लगाएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif