Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार

bagmati-1619590250.jpg

बागमती प्रदेशमा रिक्त तीन मन्त्रालयमा बुधबार मन्त्री नियुक्त गरिने भएको छ ।

खाली रहेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत थप गर्ने तयारी रहेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ । नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने हुने सचिवालय स्रोतले जनाएको छ । नयाँ मन्त्रीहरुको नाम भने अझै पनि मुख्यमन्त्री कार्यालयले खुलाएको छैन । दिउँसो ४ बजेका सपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको छ ।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो ।

सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहीन छ । हालसम्म तीन वटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका छन् ।

मन्त्रीका लागि नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामाको नाम मन्त्रीका लागि चर्चामा छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०