Thursday, 27th August, 2026
वि.स.

बागमती प्रदेशका ७१ हजार जनाले कोरोना विरुद्धको खोप लगाए

22-1615260308.jpg

बागाती प्रदेशका १३ वटा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउने बृद्धबृद्धाहरुको सख्या उत्साह जनक रहेको छ । कोरोना बिरुद्धको खोप लगाउन हरेक खोप केन्द्रमा जानेहरु धेरै बढेका छन् ।

दोस्रो चरणको सरकारले सुरु गरेको खोप अभियानमा बागमती प्रदेशमा मात्र ७१ हजार ९ सय ५३ जनाले खोप लगाएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले बताए । यो अभियानमा सबै भन्दा बढी काठमाण्डौ जिल्लामा लगाएका छन् । त्यसपछी जनसख्या धेरै बसोवास गर्ने जिल्लामा लगाइएको छ ।

दोस्रो चराको अभियान अनुसार दुइदिनमै ११ दशमलब ४८ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । हिजो एकै दिनमा बागमती प्रदेशमा ३४ हजार ८ सय ६० जनाले खोप लिनु भएको सेढाईले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif