Wednesday, 26th August, 2026
वि.स.

बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २१ जना घाइते

2-1618913198.jpg

कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र  ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१  जना घाइते भएका छन् ।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका  अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका–१ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकका चालकसहित २५ जना घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif