Wednesday, 19th August, 2026
वि.स.

बसले मोटरसाईकललाई ठक्कर दिँदा हेटौंडामा ३ जना घाईते

a-1611486285.jpg

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११, नवलपुरमा बसले मोटरसाईकललाई ठक्कर दिँदा तीन जना घाईते भएका छन् ।

आइतबार दिउँसो भएको उक्त दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चितवनबाट हेटौंडा आउँदै गरेको ना ६ ख ५८४० नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको ना ३० प ४० ६५ नंबरको मोटरासाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक र मेटरसाइकलमा रहेका गरी तीन जना घाईते भएका छन् ।घाईतेलाई उपचारको लागी चुरेहिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif