Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

death1-1634350962.jpg

हेटौंडा-१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा–१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ बर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवैजनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०