Sunday, 16th August, 2026
वि.स.

बसबाट खसेका सहचालक गाेलेलाई हेटाैँडा अस्पतालले थप उपचारकाे लागि चितवन पठायाे

१ कार्तिक सोमबार दिउँसो मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन। 

कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ मोहरेमा ठिंगन बाट हेटौडा बजार जाँदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुरगढी-२ मोडभन्ज्याङ बस्ने  १९ बर्षीय बिर बहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। 

गोलेको उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज  पठाएको र   अबस्था गम्भिर रहेको बुझिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०