Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

body-1618560764.jpg

सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ३ बजेतिर भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सप्तरीका  प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०