Wednesday, 26th August, 2026
वि.स.

बलात्कारको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

pakarau-1619089760.jpg

सुनसरीको भोक्राका नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित एक होटलबाट यादवलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआइजी ईश्वरबावु कार्कीले बताए ।

धरान–१३ स्थित भेडेटार जाने बाटोमा रहेको डुकु होटलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीले  उनीविरुद्ध जबर्जस्ती करणी विरुद्धको जाहेरी दिएको डिआइजी कार्कीले बताए । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif