Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बझाङ पहिरो अपडेट : एकै परिवारका तीनसहित चार जनाको शव भेटियो

bajhang-1593848395.jpg

 केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।  

त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए। 

यसअघि वडा ८ का वडाध्यक्ष गणेश बोहराले पहिरोले पुरेका १७ घरका सात जना बेपत्ता भएको जानकारीमा आएको बताउनुभएको थियो । शुक्रबार राति पहिरो आएपछि स्थानीयहरु सुरक्षित ठाउँतर्फ गएको पनि वडाध्यक्ष भण्डारीले बताए । 

स्थानीयबासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०