Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रबाराहीका बच्चु गाेपालीले दिए आइसोलेशन सेन्टरलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर

f78d7e36a7bfa45f99ccfbaf9-1623080579.jpg

थाहा नगरपालिका ६ स्थित कोभिड १९ आइसोलेशन केन्द्र लाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका बज्रवाराहीका बच्चु गोपालीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा बोल्दै थाहा नगरपालिका ६ का वडाध्यक्ष शशिधर सुवेदीले कोरोना संक्रमितको उपचारमा थप राहत मिलेको बताए । वडाध्यक्ष सुवेदीले हरेक नेपालीले आफ्नो जन्मभूमिलाई माया गर्नुपर्ने बताउँदै गोपालीलाई धन्यवाद ब्यक्त गरे ।

सुवेदीले स्थानीयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रभावकारी ढंगले योजना बनाएर कार्यान्वयनमा लागेको जानकारी दिए । विरामीको परिक्षण, कन्ट्याक्ट ट्रेसिङ र संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुवेदीको भनाइ छ।

कोभिड -१९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरका बिरामीको संख्या बढेपछि स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखेर अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको गोपालीले जानकारी दिए । गोपालीले आगामी दिनमा पनि आफूले सकेको सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे।

पछिल्लो तथ्यांक अनुसार थाहा नगरपालिकामा सक्रिय संक्रमितको संख्या ५ सय ५५ जना रहेका छन् । थाहानगरमा कोरोनाको दोस्रो भेरियन्टबाट ८ जनाको मृत्यु भएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०