Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बजार खुल्ने, गाडी चल्ने तर, किन थपियो निषेधाज्ञा ?

nisedh1621593111-1624980669.jpg

मकवानपुर जिल्लामा १५ असारदेखि थप एक साताका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेको छ ।  २१ असारसम्मलाई निषेधाज्ञा गरिएको हो । अधिकांश पसलहरु बिहान र दिउसो पालैपालोसंग खुल्नका लागि अनुमती दिएको छ । साना ठुला सवारीका साधनहरु चलेकै छन् ।

लुकीछिपी यात्रुबाहक सवारीका साधन पनि चलेका छन् । तर, सबैजसो खुलेपछी निषेधाज्ञा किन गर्नुपर्यो भनेर सर्बसाधरणले प्रस्न गर्न थालेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधाज्ञा एक साता थप गर्दा यसको परिभाषा अनुसार काम हुन नसकेको प्रहरी अधिकृतहरु वताउँछन् ।

मकवानपुरका स्थानीय तहमा निषेधाज्ञाको कुनै प्रभाव नपरेको जनप्रतिनिधिहरु वताउँछन् । १४ असारमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको भएपनि जोखिम यथावत नै रहेकाले १४ असारसम्म जारी गरिएको निषेधाज्ञा थप ७ दिन थप्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, उक्त बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्री वितरण गर्ने व्यवसायहरु बिहान ४ः ०० बजेदेखि विहान १०ः ०० बजेसम्म खोल्ने दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी  दिए । 

उनका अनुसार, पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसैगरी प्रेस तथा फोटोकपी पसलहरू र फोटो स्टुडियोहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने र पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको छ ।

त्यस्तै निजी यात्रुबाहक सवारी साधनहरू मोटरसाइकल, मयुरी, अटो, ट्याम्पोमा जोरबिजोर प्रणालीका आधारमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी सञ्चालन गर्न पाइने निर्णय गरिएको छ । जनपत्रको सहयोगमा

हेर्नुस के के खुल्ने/बन्द हुने:

 

 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०