nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फोनिज मकवानपुरले पत्रकारका लागि अक्षय कोष स्थापना गर्ने

FONIJ-Makwanpur-Kosh-3-10-1640009823.jpg

आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान/पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कोषमा सहयोग गर्न सहयोगीहरुलाई अनुरोध पनि गरेको छ ।

फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले मकवानपुरका आदिवासी जनजाति पत्रकारको विस्तृत तथ्यांक संकलन गर्ने निर्णय समेत गरेको छ । फोनिज मकवानपुरकी सचिव रुपा गुरुङ संयोजक तथा सहसचिव मनिता राना र सदस्य भुपेन्द्र राना मगर सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

यस्तै, यही पुस २४ गते हुने फोनिज बागमती प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न फोनिज मकवानपुरले आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको सचिव गुरुङले बताईन् ।

साथै, फोनिज मकवानपुरको वार्षिक कार्ययोजना बनाउँन आदिवासी अगुवा, पत्रकार तथा फोनिजका उच्च नेतृत्वसँग समन्वय गर्ने निर्णय गरिएको उनले बताईन् ।

बैठकले फोनिज मकवानपुरको चौथो जिल्ला अधिवेशनबाट चयन भएको कृष्ण सारु मगर नेतृत्वको निवर्तमान कार्यसमिति र फोनिजको संघीय अनुशासन विभाग प्रमुख कुमार नेगीको संयोजकत्वको निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)