Sunday, 16th August, 2026
वि.स.

फोनिज बागमतीको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा श्रेष्ठ

fonij-bagamati-1641465621.jpg

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । २१ र २२ पुसमा  हेटौंडामा भएको फोनिज बागमतीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा रामेछापका श्रेष्ठ सर्वसम्मत चयन भएको हो ।

यस्तै, उपाध्यक्षमा राजेश रुम्बा (चितवन), उपाध्यक्ष (महिलातर्फ) डोल्मा शेर्पा (काठमाडौं), महासचिवमा श्याम राना (काठमाडौं), संगठन सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौं), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ  अस्मि (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा, पासाङ घिसिङ (ललितपुर), रविन्द्र सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ (रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन भएका छन् । २१ सदस्यीय कार्य समितिले संस्थागत सदस्यमा पदाधिकारीको बैठकपछि एक जना मनोनयन गरिने जनाएको छ ।

अधिवेशनबाट संघीय प्रतिनिधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन गरिएको छ । प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरुमा रिदेन महर्जन र रसिया श्रेष्ठ चयन भएका छन् । राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०