Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

फोटो पत्रकार विष्टलाई पालुङ जेसीजको सम्मान

CV-Ganesh-1615735026.jpg

मकवानपुर थाहानगरका गणेश विष्ट सम्मानित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रबाट प्रकाशित विकास खबरपत्रिका र थाहा टाइम्समा आवद्ध फोटो पत्रकार विष्टलाई पालुङ जेसीजले सम्मान गरेको हो । विष्टले हेल्प एज इन्टरनेसनले ज्येष्ठ नागरिकहरुको फोटो आव्हान गरेकोमा नेपालका तर्फबाट विष्टले सहभागिता जनाई उनले खिचेका तस्वीर छनोट भएकोमा जेसीजले सम्मान गरेको हो । 

पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाको सभाध्यक्षतामा भएको स्म्मान कार्यक्रमको प्रमुख अतिथी संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल रहेका थिए । कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख तथा संस्थापक अध्यक्ष ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले फोटोको माध्यमबाट विश्वमा थाहालाई चिनाउने विष्टको योगदानको चर्चा गरेका थिए । 

अन्तरराष्ट्रिय महिला दिवस २०२१ को अवसरमा हेल्प एजले ज्येष्ठ महिलाहरुको आर्थिक अधिकार र न्यायलाई केन्द्रिय बिषय मानेर फोटो आव्हान गरेको थियो । विभिन्न १० देशले सहभागिता जनाएको यस प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालसंग सम्बद्ध मकवानपुर थाहानगरका बिष्टले खिचेको ७ वटा फोटो छानिएका थिए । ‘ज्येष्ठ महिलाहरुको आर्थिक अधिकार र न्याय’ अभियानमा मेरो समर्थन छ भन्ने, जनाउन एउटा हात माथि उठाएर खिचिएको फोटो विष्टले पठाएका थिए । 

अभियानमा नेपालको सबैभन्दा बढि विष्टले खिचेका ७ वटा, कम्ब्डियाका ५, फिलिपिन्सका ५, अर्जेन्टिनाका २, जोर्डनका ५, भियतनामका ४, केन्याका ४, इथियोपियाका ४, किर्गिस्तानका ३ र थाईल्याण्डका १ वटा फोटो छनोटमा छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०