Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

khop-1613638274.jpg

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।  भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो । 

पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो । यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ । यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाडौँमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो । 

मन्त्रालयका प्रवक्ता डा।गौतमका अनुसार अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले खोप लगाइसकेका छन् । पहिलो चरणमा प्राथमिकता परेका ८४ प्रतिशतले खोप लगाएको उनले बताए । प्रदेश नं १ मा ७२ प्रतिशत, प्रदेश नं २ र वाग्मती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा सतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत  र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा पहिलो प्राथमिकता परेका व्यक्तिले खोप लगाएका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन अनुरोध गरे ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०